काठमाडौं । ज्याग्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेड चापाकोट नगरपालिका ४ मल्याङ्कोट दार्सिङ स्याङ्जाको दशौ साधारण सभा सप्पन्न भयको छ।
दार्शिङ स्थित ज्याग्दी बचत तथा ऋण सहकारी संस्थाको १०औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै चापाकोट नगरपालिका नगर प्रमुख शिव कुमार गिरिले आर्थिक, सामाजिक रुपान्तरणका लागि ज्याग्दी सहकारी ले महत्वपुर्ण भूमिका खेलिरहेको बताए।
उनले आफ्नो उदेश्यमा केन्द्रीत रहेर पारदर्शी रुपमा समृद्ध समाजको अभियानलाई आत्मसाथ गर्दै अघि बड्न सहकारी लाई सुझाव समेत दिए । कार्यक्रममा नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति देब बहादुर खाण, चापाकोट नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष इन्द्र बहादुर शाही लगायतले मन्तब्य राखेका थिए।
संस्थाका संचालक समितिका अध्यक्ष अर्जुन कुमार खाणले सहकारीले गरेको उपलब्धी, भावी योजना, सम्भावना र भविष्यमा आउन सक्ने चुनौतिको बारेमा जानकारी गराएका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
