सर्लाही । सहरी विकास मन्त्री प्रभु साह सवार गाडीले शनिबार सर्लाहीको हरिवनमा एक पैदल यात्रुलाई ठक्कर दिएर भागेको छ। गाडीको ठक्करबाट घाइते भएका पैदलयात्रीको स्वाभिमान अस्पताल हरिवनमा उपचार भइरहेको छ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको साह सवार ना १ झ ३८४२ नम्बरको जिपले लालबन्दी नगरपालिका–८ का ३० वर्षीय बच्चु तामाङलाई ठक्कर दिएको थियो । घाइते तामाङको अवस्था सामान्य छ।
प्रत्यक्षदर्शी हरिवनस्थित चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसका स्ववियु सभापति प्रज्वल ढुंगानाका अनुसार पश्चिमबाट पूर्वतर्फ झण्डा हल्लाउँदै आएको गाडीले ठक्कर दिएको थियो। दुर्घटना लगत्तै घाइतेको उद्धार गर्न लाग्दा जिप भागेको उनले बताए।
ढुंगानाले राज्यको मन्त्री जस्तो गरिमा पदमा बसेका व्यक्तीले मानवियता समेत नदेखाएको बताए । मन्त्री साह गृह जिल्ला रौतहटबाट महोत्तरीको जलेश्वरतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो।
ठक्कर दिने गाडीको अल्फाबेट देख्न नपाएका प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेपछि मन्त्री साह चढेको गाडी रहेको फेला परेको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
