काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले गत सोमबार र मंगलबार प्राविधिक समस्या सिर्जना हुँदा विद्युत् कटौती गर्नुपरेको स्पष्ट पारेका छन्।
उक्त विषयलाई लिएर प्राधिकरणले विद्युत् कटौती गर्न थालेको भन्दै चौतर्फी रूपमा विरोध भएपछि शाक्यले शुक्रबार ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गरेर केही समय प्राविधिक समस्या देखिए पनि अहिले त्यसलाई सल्टाइसकेको दाबी गरे।
‘मंसिर १३ र १४ गते राष्ट्रिय विद्युत् प्रणालीमा केही समय आएको समस्याले वितरणमा अवरोध सिर्जना भयो,’ उनले भने, ‘गत सोमबार एकीकृत राष्ट्रिय प्रणालीमा साँझ ६ः२५ बजे १ हजार ४ सय ३१ मेगावाटको लोड थियो।
सो समयमा खिम्ती–लामोसाँघु–भक्तपुर, मातातीर्थ–हेटौंडा–ढल्केवर प्रसारण लाइन एउटै लुपमा सञ्चालित थियो।
सोही समयमा मर्स्याङदी जलविद्युत् केन्द्रको पिकिङ जलाशयमा पानीको सतह न्यूनतम भएपछि प्रणाली सुचारु राख्न त्यहाँको उत्पादन घटाउँदा भारतबाट आयात गर्ने बिजुलीको मात्रा बढी हुन गयो र सोही समयमा खिम्ती–लामोसाँघु प्रसारण लाइन ओभरलोड हुन गई सिस्टम ट्रिप भयो।’
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
