काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतम पहिलो पटक राष्ट्रियसभा बैठकमा सहभागी भएका छन्।
संसदको सातौं अधिवेशनअन्तर्गत शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा गौतम सहभागी भएका हुन्। राष्ट्रियसभा सदस्यमा मनोनित भएपछि उनी पहिलो पटक बैठकमा सहभागी भएका हुन्।
राष्ट्रियसभामा नेकपाका संसदीय दलका नेता दीनानाथ शर्माले गौतमलाई पार्टी एकता जोगाउने दिशामा सफलता मिलोस् भन्ने शुभकामनासमेत दिए।
शर्माले गौतमले लगभग ‘विभाजित भइसकेको नेकपालाई पुनः एक बनाउन सकिन्छ भन्ने विश्वासका साथ काम गर्छु’ भनेकाले एकता कायम राख्न अझै झिनो आशा जीवित रहेको बताए।
सरकारको सिफारिसमा गत असोज १ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी थिइन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
