चीनमा पनि भेटियो नयाँ स्वरुपको कोरोना भाइरस

काठमाडौँ । चीनमा पनि नयाँ स्वरूपको कोरोना भाइरस देखिएको छ। कोरोना भाइरसको सुरुवात एक वर्ष पहिला चीनमा नै भएको थियो।

त्यसपछि विश्वका लगभग सबै देशमा भेटिएको थियो। त्यसको एक वर्षपछि फेरि चीनमा नै २३ वर्षीया एक महिलामा नयाँ स्वरूपको कोरोना भाइरस भेटिएको बीबीसीले जनाएको छ।

Advertisement

नयाँ स्वरुपको कोरोना भाइरसका सङ्क्रमित बेलायतमा धेरै भेटिएको छ भने अरु देशमा पनि फैलन सुरु भइसकेको छ।

बेलायतमा नयाँ स्वरुपको कोरोना भाइरस देखिएपछि बेलायतसँगको आवातजावत धेरै देशले बन्द गरेका छन्।

More News last news
Loading...