नवलपरासीका दुई जिल्ला सदस्यसहित करिब ४०० जना नेकपा कार्यकर्ता काँग्रेसमा प्रवेश

रियाज अली

परासी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नवलपरासी पश्चिमका दुईजना जिल्ला सदस्यसहित चारसय जना भन्दा बढी कार्यकर्ताले पार्टी परित्याग गरेका छन्।

Advertisement

जिल्ला सदस्यहरु दीपेन्द्र यादव, मजमुल्लह चुरिहार लगायत रामग्राम नगरपालिका तथा पाल्हीनन्दन र सरावल गाउंपालिकाका ती कार्यकर्ताले बिहीबार नै नेपाली कांग्रेस प्रवेश गरेका छन्।

प्रतिनिधिसभा सदस्य एवं पुर्व मन्त्री देवेन्द्रराज कँडेलले पार्टी सदस्यता दिएर उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।

सो अवसरमा बोल्दै सांसद कण्डेलले दुई वर्ष काँकी छँदै प्रतिनिधि सभालाई असंवैधानिक ढंगले विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक अस्थिरता निम्त्याएको बताए।

पार्टीभित्रको विवादमा सबैतिर अल्पमतमा परेपछि प्रधानमन्त्रीले निरंकुश शैलीमा संसद विघटन गरेको भन्दै मुलुकमा अब कम्युनिष्ट राजनीति समाप्त हुने दिशामा गएको बताए।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जैसवाल, महिला संघ जिल्ला सभापति कमला तिवारी पराजुली, केन्द्रिय शिक्षा बिभाग सदस्य राधेश्याम पाठक, नेता अनिल गौड लगायतले बोल्दै संसद विघटन गर्ने प्रधानमन्त्रीको असंवैधानिक र अलोकतानित्रक कदमबारे गाउंगाउंमा जनतालाई बुझाउनुपर्ने धारणा राखेका थिए।

नव प्रवेसी यादव र चुरिहारले प्रधानमन्त्री ओली नेतृत्वको सरकार भ्रष्टाचार र अनियमिततामा मात्रै मुछिएको र झण्डै दुई तिहाई वहुमतको सदुपयोग गर्न नसकी उल्टै संसद विघटन गरेर अस्थिरता निम्त्याएकाले पार्टी छाड्नुपरेको बताए।

More News last news
Loading...