अघोषित लोडसेडिङ बन्द गर्न नेविसंघको माग

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले अघोषित लोडसेडिङ बन्द गर्न विद्युत प्राधिकरणसँग माग गरेको छ।

नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले विज्ञप्ती जारी गर्दै उपत्यका लगायतका ठाउँमा नेपाल विद्युत प्राधिकरणले अघोषित लोडसेडिङ गर्न थालेको र त्यसबाट विद्यार्थीहरुले समस्या भोग्नु परेकोले तत्काल यसको अन्त्य गर्न माग गरे।

Advertisement

अधितकतम माग (पिक लोड) गत वर्षभन्दा कम हुँदा पनि आपूर्तिमा समस्या आएकोप्रति संघले ध्यानाकर्षण गराएको छ। दैनिक ५ पटकसम्म आपूर्ति अवरुद्ध हुँदा अनलाइन कक्षा लिएका विद्यार्थीलाई असर परेको संघले जनाएको छ।

विद्यार्थीले भोगिरहेको जटिल समस्याको समाधानका लागि विद्युत आपूर्ति सहज बनाउन संघका महामन्त्री तिमल्सिनाले सरकारसँग माग गरे।

कोभिड–१९ का कारण शैक्षिक संस्था बन्द रहँदा अनलाइनबाट कक्षा सञ्चालन भईरहेको बेला अघोषित रुपमा लोडसेडिङ हुँदा अनलाइन कक्षा र अन्य क्षेत्रमा पनि समस्या पर्नु दुःखद विषय भएको संघले जनाएको छ।

दिनहुँ विद्युत् कटौतीले प्राधिकरण र सरकार गैह्रजिम्मेवार रहेको पुष्टि भएको संघको धारणा छ।

More News last news
Loading...