काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमित हुनेमा २०४ जना महिला र ३०७ जना पुरुष रहेका छन्।
२४ घण्टामा ५ हजार ११० पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख २६ हजार ४७७ पीसीआर परीक्षण भएका छन्।
यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको छ। सक्रिय संक्रमितको संख्या ६ हजार ३०० छ भने क्वारेन्टाइनमा ३६२ जना रहेका छन्।
त्यसैगरी २४ घण्टामा ६०० जना निको भइ डिस्चार्ज भएका छन्। यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५१ हजार ९१२ पुगेको छ।
२४ घण्टामा कोरोनाबाट ७ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८४७ रहेको छ। साथै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३१२ जना कोरोना संक्रमित थपिएका छन्।
संक्रमित हुनेमा १२९ महिला र १८३ जना पुरुष रहेका छन्। काठमाडौँमा २२५, ललितपुरमा ४९ र भक्तपुरमा ३८ जना कोरोना संक्रमित देखिएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
