पछिल्लो २४ घण्टामा थपिए ७०८ जनामा कोरोना पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै देशभर संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ पुगेको छ। सक्रिय संक्रमितको संख्या ६ हजार ३९६ छ भने क्वारेन्टाइनमा ३६९ जना रहेका छन्। मन्त्रालयका अनुसार हालसम्म १९ लाख २१ हजार ३६७ पीसीआर परीक्षण भएका छन्।

Advertisement

त्यसैगरी २४ घण्टामा ७३१ जना निको भइ डिस्चार्ज भएका छन्। यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५१ हजार ३१२ पुगेको छ।

२४ घण्टामा कोरोनाबाट ८ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८४० रहेको छ।

More News last news
Loading...