काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विरुद्ध परेको मुद्दाको सुनुवाइ स्थगित भएको छ।
तत्कालीन एमाले र माओवादीले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएपछि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले निर्वाचन आयोगमा उजुरी दिएका थिए। ९ कात्तिकमा आयोगले नेकपाको पक्षमा फैसला सुनायो।
त्यसविरुद्ध कट्टेल २१ मंसिर २०७५ मा सर्वोच्च गए। यो मुद्दा सर्वोच्चमा विचाराधीन थियो। तर नेकपा फुटेर ओली र प्रचण्ड-माधव समूहमा विभाजित भएको बेला मंगलबार यो मुद्दा पेसीमा चढेको थियो।
न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा पेसी तोकिएको थियो। तर कट्टेलका कानून व्यवसायीको तर्फबाट मुद्दाको सुनुवाइ स्थगित भएको सर्वोच्च प्रशासनले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
