संसद् विघटन विरुद्ध कास्कीमा काँग्रेसको कडा विरोध प्रदर्शन

पोखरा । सरकारले संसद् विघटन गरेको विरोधमा प्रमूख प्रतिपक्षी दल नेपाली काँग्रेसले सोमबार कास्कीका ३ वटै निर्वाचन क्षेत्रमा कडा प्रदर्शन गरेको छ।

कास्की काँग्रेसको समन्वयमा क्षेत्रीय समितिको आयोजनामा जिल्लाका ३ निर्वाचन क्षेत्रमा फरक फरक प्रदर्शन भएको हो।

Advertisement

कास्की क्षेत्र १ को अर्घौंचोक, क्षेत्र २ को सभागृहचोक, क्षेत्र ३ को जिरो किलोमिटर तथा हरिचोकबाट प्रदर्शन शुरु गरिएका थिए।

क्षेत्र नम्बर १ को तालचोकमा, २ को सिमलचौरमा र ३ को बागलुङ बसपार्कमा विरोधसभा भएका छन्।

विरोध कार्यक्रममा नेपाली काँग्रेसका नेताहरुले ओली नेतृत्वको सरकारले चालेका असंवैधानिक कदमका विरुद्ध नेपाली काँग्रेस सडकमा ओर्लिएको बताएका हुन्।

लोकतन्त्रमाथि ठाडो अपहरणः पूर्व सभामुख रानाभाट

तालचोकको विरोधसभामा बोल्दै पूर्व सभामुख एवं नेपाली काँग्रेसका महामन्त्री तारानाथ रानाभाटले कम्युनिष्ट सरकारले लोकतन्त्रमाथि ठाडो अपहरण गरेको टिप्पणी गरे।

सरकारको स्थिरताका लागि जनताको दुइतिहाइको अभिमत धोखा भएको आरोप लगाए। पार्टीभित्रको विवादलाई लिएर लोकतन्त्र नै धरापमा पर्न गएको रानाभाटको भनाइ थियो।

ओलीले घोषणा गरेको निर्वाचन नाटकीय : केन्द्रीय सदस्य परियार

संविधानसभा सदस्य तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवन परियारले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर गम्भीर गल्ती गरेको बताए।

तालचोकमा आयोजित विराध सभामा बोल्दै नेता परियाले जनतले लामो समयसम्म दुख र संघर्ष गरेर ल्याएको लोकतन्त्र र बनाएको लाकतान्त्रिक संविधान आफ्नो व्यक्तिगत स्वार्थका भरमा किल गरेको आरोप लगाएका हुन् ।

नेता परियाले भने, “प्रधानमन्त्री ओलीले निर्वाचन गर्नका लागि मिति घोषणा गरेका होइनन् । उनले आफ्नो पार्टी भित्रको स्वार्थका कारण संसद् विघटन गरेका हुन् । हामी लोकतन्त्र र संसदीय व्यवस्थाका लागि २००७ साल देखि लड्दै आएका हौँ चुनावमा नजाने कुरै भएन । दिगो सरकार र एउटा व्यवस्थाका लागि हामी होमियौँ । तर अहिले प्रधानमन्त्री यतिठुलो अवसरलाई लात हान्नुभयो । यो जनतामाथिको ठुलो धोका हो ।”

संविधानको रक्षाका लागि विरोध प्रदर्शन : सभापति केसी

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद्को विघटनको असंवैधानिक कदम, सरकारका पछिल्ला गतिविधिका बिरुद्ध र संविधानको रक्षाका लागि विरोध प्रदर्शन गरेको नेपाली काँग्रेसका सभापति कृष्ण केसीले जानकारी दिए।

उनका अनुसार क्षेत्रगत रुपमा प्रदर्शन गरिएकोमा सम्बन्धित क्षेत्रका नेता तथा कार्यकर्ता आफ्नै क्षेत्रको प्रदर्शनमा सहभागी थिए।

उनले सबैले अहिले सर्वोच्चको फैसला कुरिरहेको उल्लेख गर्दै काँग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा पुस १६ मा पार्टी कार्यालय चिप्लेढुङ्गामा प्रवचन कार्यक्रम समेत गर्ने बताए।

 

More News last news
Loading...