काठमाडौँ । पछिल्लो २४ घण्टामा आइतबार थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यो सँगै नेपालमा हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख ५८ हजार १८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यसैगरी २४ घण्टामा ७३१ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको २ लाख ४९ हजार ८६३ संख्या पुगेको छ।
देशभरि सक्रिय संक्रमितको संख्या हालसम्म ६ हजार ७ सय ४९ छ । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ३६९ रहेको छ।
कोरोना संक्रमणबाट २४ घण्टामा थप ६ को मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८२५ जना पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
