काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ। भीम आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गर्दै मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो।
अविश्वास प्रस्तावका प्रस्तावक इन्द्रबहादुर आङ्बो रहेका छन् भने समर्थक लक्षमण तिवारी छन्। प्रस्तावमा ३६ जनाको हस्ताक्षर रहे पनि प्रचण्ड-माधव नेपाल समूहका थप सांसदले हस्ताक्षर गर्न छुटेको बताइएको छ।
प्रदेश १ मा ९३ सांसद छन्। तीमध्ये नेकपासँग ६७ सांसद रहेकामा पार्टी विभाजनसँगै दुई गुटमा बाँडिएका छन्।
यसअघि आजै बिहान प्रचण्ड-नेपाल पक्षका सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
