राष्ट्रिय सभाको हिउँदे अधिवेशन पुस १७ गतेदेखि सुरु हुने

काठमाडौं । राष्ट्रिय सभाको हिउँदे अधिवेशन यही पुस १७ गतेदेखि सुरु हुने भएको छ।

सरकारले राष्ट्रिय सभाको हिउँदे अधिवेशन यहीँ पुस १७ गते आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको छ।

Advertisement

शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो।

गत असार १८ गते अधिवेशनको अन्त्य भएको थियो।

More News last news
Loading...