संसद् विघटनपछि यस्तो बन्यो ओलीको मन्त्रिमण्डल, को को छन् मन्त्री ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुर्नगठन गरेका छन्। आज साँझ उनले आठ मन्त्री र एक राज्यमन्त्री थपेका छन्।

एक मन्त्री र एक राज्यमन्त्रीलाई हटाएका छन्। योसँगै अब ओली सरकारमा मन्त्री र राज्यमन्त्री गरी २५ जना पुगेको छ।

Advertisement

नयाँ थपिएका पाँचजना मन्त्री पूर्व माओवादीका छन् । तीनजना मन्त्री र एकजना राज्यमन्त्री पूर्व एमालेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गराएपछि मन्त्रिमण्डल पुर्नगठन गरेका हुन्।

थपिएका मन्त्रीहरुमा टोपबादुर रायमाझी ऊर्जा, प्रभु साह सहरी विकास, मणिचन्द्र थापा खानेपानी, गौरीशंकर चौधरी श्रम, गणेशसिंह ठगुन्ना सामान्य प्रशासन, प्रेमबहादुर आले वन, जुलीकुमारी महतो महिला, दावा लामा युवा तथा खेलकुद छन्। विमला विक उद्योगराज्यमन्त्री बनाइएकी छिन्।

जिम्मेवारी हेरफेर भएका मन्त्रीहरुमा हृदयश त्रिपाठी सामान्य प्रशासनबाट स्वास्थ्य, कृष्णगोपाल श्रेष्ठ सहरी विकासबाट शिक्षा, भानुभक्त ढकाल स्वास्थ्यबाट पर्यटन, पद्माकुमारी अर्याल भुमि व्यवस्थाबाट कृषि, डा. शिवमाया तुम्बाहाम्फे कानुनबाट भुमि व्यवस्था, लिलानाथ श्रेष्ठ महिला बालबालिकाबाट कानुन छन्।

युवा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री रहेका मोती दुगडलाई हटाइएको छ।

More News last news
Loading...