काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाई मन्त्रिपरिषद्बाट हटाएका छन्।
विश्वकर्मा २ चैत ०७४ मा खेलकुदमन्त्री बनेका थिए भने दुगड ८ मंसिर ०७६ मा भएको मन्त्रिमण्डल पुनर्गठनमा मन्त्री बनेका थिए।
विश्वकर्माको ठाउँमा प्रचण्ड समूहबाट ओलीलाई साथ दिन आएका दावा लामालाई मन्त्री बनाइएको छ। लामा सिन्धुपाल्चोकबाट प्रदेशसभा सांसदका पदका लागि उठेर पराजित भएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
