काँग्रेस केन्द्रीय समिति बैठक १९ गतेसम्मका लागि स्थगित

काठमाडौँ । नेपाली काँग्रेसको जारी केन्द्रीय समिति बैठक आगामी १९ गतेसम्मका लागि स्थगित भएको छ।

१३ पुसका लागि घोषणा गरिएको देशव्यापी प्रदर्शन र १६ गतेको मेलमिलाप दिवसको तयारीका लागि सभापति शेरबहादुर देउवाले बैठक स्थगनको प्रस्ताव गरेपछि १९ गतेसम्मका लागि स्थगित गरिएको हो।

Advertisement

प्रतिनिधसभा विघटनविरुद्ध कांग्रेसले आगामी १३ गते देशव्यापी गर्ने प्रदर्शन गर्ने यसअघि नै निर्णय गरिसकेको छ।

यसैगरी १६ गतेको राष्ट्रिय मेलमिलाप दिवसमा पनि प्रत्येक जिल्लामा कार्यक्रम गर्ने तयारी गरेको छ।

More News last news
Loading...