प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद पुनर्गठन: ५ जना मन्त्री नियुक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। यसअघि रिक्त मन्त्री पदमा शुक्रबार ओलीले नयाँ मन्त्री नियुक्ती गरेका हुन्।

जसअनुसार श्रममन्त्रीको जिम्मेवारी प्रभु साहले पाएका छन् भने पर्यटनमा मणि थापा, शिक्षामा दावा लामा र खानेपानीमा गौरीशंकर चौधरीलाई जिम्मेवारी दिएका छन्।

Advertisement

यस्तै, टोपबहादुर रायमाझीलाई ऊर्जा मन्त्रालय दिएको बुझिएको छ। राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरुको आज साँझ ७ बजेलाई सपथको कार्यक्रम राखिएको छ।

प्रचण्ड–माधव पक्षका मन्त्रीहरुले राजीनामा दिएपछि ती मन्त्रालयहरु खाली रहेका थिए। नयाँ मन्त्रीहरुमा पूर्वमाओवादीका नेताहरुले प्राथमिकता पाएका छन्।

More News last news
Loading...