काठमाडौँ । पछिल्लो २४ घण्टामा शुक्रबार थप ६०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा २३७ महिला र ३७१ जना पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हालसम्म नेपालमा २ लाख ५७ हजार २०० संक्रमितको संख्या पुगेको छ। त्यसैगरी २४ घण्टामा ८९२ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन्।
योसँगै निको हुनेको संख्या २ लाख ४८ हजार २९२ पुगेको छ। देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ७ हजार ९२ छ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १९ लाख ३९२ परीक्षणहरु गरिएका छन्।
२४ घण्टामा जम्मा ४ हजार १४२ पीसीआर परीक्षण भएका छन्। हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ३६९ रहेको छ।
कोरोना संक्रमणबाट २४ घण्टामा थप ९ को मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८१६ जना पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
