काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज तेस्रो दिन पनि बस्दै छ।
आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय (सानेपा) मा केन्द्रीय समितको बैठक बस्ने नेपाली काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
हिजो दोस्रो दिनको बैठकपछि काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आजको बैठकले संसद् विघटनविरुद्ध प्रदर्शनको मिति घोषणा गर्ने बताएका थिए।
बुधबारको बैठकमा रामशरण महत, गगन कुमार थापा, बलबहादुर केसी र आनन्द ढुंगानाले आ आफ्नो धारणा राखेका थिए।
आजको बैठकले प्रधानमन्त्री ओलीको असंवैधानिक कदम विरुद्ध प्रदर्शन गर्ने मिति नय गर्ने मूख्यसचिव पौडेलले बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
