संसद विघटनविरुद्ध देशव्यापी प्रदर्शन गर्ने काँग्रेसको निर्णय

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद् विघटनविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ।

आज (बुधबार) बसेको केन्द्रीय समितिको बैठकले सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

Advertisement

उनले भने, ‘संसद विघटनविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय भएको छ। तर कहिले प्रदर्शन गर्ने भन्ने निर्णय भने भोलि बस्ने निर्णय हुनेछ ।’

प्रदर्शन कहिलेबाट गर्ने भन्ने विषयमा भोलिको बैठकमा छलफल गर्ने निर्णय भएको छ।

यसअघि हिजो काँग्रेसका युवा नेताहरु गगन थापा, बद्री पाण्डे, दिपक गिरी, रामकृष्ण यादव र जिवन परियार लगयतका नेताहरुको काठमाडौंमा बसेको अनौपचारिक बैठकले सरकारविरुद्ध प्रदर्शन गर्नुपर्ने निष्कर्ष निकालेको थियो।

More News last news
Loading...