काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सकिएको छ। मंगलबार पार्टी कार्यालस सानेपामा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य महेश आचार्य, एनी साउद र नारायण खड्काले आफ्नो धारणा राखेका थिए।
बैठकमा बोल्ने नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओेलीको संसद विघटनको कदमविरुद्ध आन्दोलनका जानुपर्नेमा जोड दिएका थिए। वरिष्ठ नेता पौडेलले ओेलीको असंवैधानिक कदमसँग कुनै तहको सम्झौता गर्न नहुनेमा जोड दिए।
अन्य नेताहरुले भने चौतर्फी घेराबन्दी हुँदा ओलीले थप असंवैधानिक कदम चाल्न सक्ने भन्दै पार्टी सचेत हुनुपर्नेमा जोड दिएका थिए। काँग्रेसले अर्को बैठक बुधबार दिउँसो १ बजेलाई बोलाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
