नेकपा, काँग्रेस र जसपाको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौँ । तीन ठूला दल नेकपा, काँग्रेस र जसपाको केन्द्रीय समिति बैठक आज मंगलबार बस्न लागेको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको बैठक मंगलबार बेग्लाबेग्लै समयमा बस्दैछ।

सत्तारूढ दल नेकपाभित्र अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पनि केन्द्रीय कार्यसमिति बैठक राखेका छन्।

Advertisement

ओली पक्षका केन्द्रीय सदस्यलाई बिहान ९ बजे बालुवाटार बोलाइएको छ। प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय समिति बैठक १ बजे थापाथलीस्थित कार्की पार्टी प्यालेसमा केन्द्रीय समिति बैठक बस्दैछ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनको समूहबाहेक नेकपाभित्रैबाट पनि विरोध भइरहेको छ। विरोध बढ्दै गएकोले यी दल विभाजनको संघारमा पुगेको बताइन्छ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको जनाइसकेको छ।काँग्रेसले सोमबार नेकपाका अध्यक्ष प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र जसपाका अध्यक्ष महन्थ ठाकुरलगायत दुई दलसँग संयुक्त बैठकसमेत गरेका थिए।

यी दलका नेताहरूले आज बस्ने केन्द्रीय समिति बैठकबाट थप संघर्षका कार्यक्रम ल्याउने सहमति गरेका छन्। काँग्रेसले आज दिउँसो १ बजे पार्टी कार्यालयमा केन्द्रीय कार्यसमिति बैठक राखेको छ।

जनता समाजवादीले बुधबार देशैभर प्रदर्शन गर्न लागेको छ। थप कार्यक्रमको निर्णयबारे आज मध्यान्ह १२ बजे बस्ने केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ ।

More News last news
Loading...