ओलीलाई अनुशासन कारवाही गरेको निर्वाचन आयोगलाई जानकारी

काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले संसद विघटनपछिको विकसित घट्नाक्रमबारे निर्वाचन आयोगलाई जानकारी गराएको छ।

सो समुहले संसद विघटनपछि भएका सवै घट्नाक्रमबारे अयोगलाई जानकारी गराएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

Advertisement

उनले जानकारीपत्रमा के के छ भन्ने कुरा आफुले सवै अध्ययन गरिनसकेको भन्दै पछिल्ला घट्नाक्रमहरु समेटिएको हुनसक्ने जानकारी दिए।

स्रोतका अनुसार प्रचण्ड-नेपाल समुहले ओलीलाई पार्टीले कार्यवाही गर्ने निर्णय गरेको जानकारी गराएको छ। स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको अध्यक्ष प्रचण्डले जानकारी गराएको निर्वाचन आयोग स्रोतको भनाइ छ।

More News last news
Loading...