काठमाडौँ। असंवैधानिक रुपमा आइतबार गरिएको संसद विघटनको निर्णय विरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८७ सांसदहरूले सर्वोच्च अदालत जाने तयारी गरेका छन्।
सोमबार पार्टी स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेको नेतृत्वमा ८७ जना सांसदहरूले सर्वोच्च जाने तयारी गरेको नेकपा नेतृ रामकुमारी झाँक्रीले जानकारी दिइन्।
सम्पूर्ण सांसदहरुको तर्फबाट अधिवक्ता गोविन्द बन्दीले सर्वोच्चमा रिट दायर गर्ने तयारी गरेका छन्।
आइतबार प्रतिनिधि सभा भंग गर्ने मन्त्रिपरिषद्को सिफारिसलाई राष्ट्रपतिले समेत लालमोहर लगाएपछि त्यसको सर्वत्र विरोध भइरहेको छ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकै सांसदहरू सरकारको यो कदमको बिरोधमा छन् भने सोमबार यस विषयमा नेकपाको छुट्टाछुट्टै गुट भेला चलिरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
