प्रधानमन्त्री ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीलाई सम्बोधन गर्ने भएका छन्।

संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् ।

Advertisement

उनले ३ बजे टेलिभिजनमार्फत् सम्बोधन गर्न लागेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

आइतबार प्रतिनिधि सभा भंग गर्ने मन्त्रिपरिषद्को सिफारिसलाई राष्ट्रपतिले समेत लालमोहर लगाएपछि त्यसको सर्वत्र विरोध भइरहेको छ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकै सांसदहरू सरकारको यो कदमको बिरोधमा छन् भने सोमबार यस विषयमा नेकपाको छुट्टाछुट्टै गुट भेला चलिरहेको छ।

More News last news
Loading...