रातारात मन्त्रीहरु सरकारी गाडी र निवास छोड्दै, वर्षमान पुनले डेरा सरे

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका मन्त्रीहरुले सरकारी गाडी सम्बन्धित मन्त्रालयमा बुझाएका छन्।

आइतबार दिउँसो राजीनामा दिएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनः अनन्तले सरकारी गाडी दिउँसै मन्त्रालयमा बुझाएका छन्।

Advertisement

उनले राजीनामा दिएपछि सरकारी गाडी मन्त्रालयमै छाडेर स्थायी कमिटीको बैठकका लागि निजी गाडीमा बालुवाटार गएका थिए।

मन्त्री पुन आइतबार साँझ नै मन्त्री निवास पुल्चोकबाट आफ्नो डेरा बालुवाटार सरेको उनी निकट स्रोतले जनाएको छ।

आइतबार नै राजीनामा दिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पनि दुई वटै गाडी मन्त्रालयमा बुझाएका छन्।

गाडी मन्त्रालयमा बुझाएर उनी निजी गाडीमा मन्त्री निवासमा फर्किएको स्रोतले जनाएको छ। राजीनामा बुझाएका अन्य मन्त्रीहरुले पनि गाडी र सरकारी निवास छाड्ने तयारी गरिरहेका छन्।

More News last news
Loading...