संसद् विघटनको संयुक्तरुपमा विरोध गर्ने नेकपासहित तीन दलको निर्णय

काठमाडौँ । सरकारले संसद् विघटन गरेपछि नेकपासहितका तीन दलले संयुक्त रुपमा विरोध गर्ने निर्णय गरेका छन्।

सत्तारुढ नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले संसद् विघटन प्रति संयुक्त रुपमा विरोध गर्ने निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

Advertisement

संसद् विघटन गर्ने सिफारिस र राष्ट्रपतिले सदर गर्ने दुवै निर्णय गैरसंवैधानिक, असंवैधानिक र अलोकतान्त्रिक हो। त्यसको विरोध गर्ने र विरोधमा एकताबद्ध भएर जाने छौँ । सबै उपायहरुद्वारा त्यसको विरोध गर्ने निर्णय भएको छ,’ प्रवक्ता श्रेष्ठले भने।

बैठकमा सहभागी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने आजको अनौपचारिक बैठकमा सरकारको कदमविरुद्ध संयुक्त रुपमा तीन दल विरोधमा उत्रन सहमत भएको बताए।

प्रवक्ता श्रेष्ठका अनुसार नेकपा नेताहरुको पहलमा तीन दलको बैठक कांग्रेस संसदीय दलको कार्यालयमा बसेको थियो । उक्त बैठकमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता श्रेष्ठ, देव गुरुङ र जनार्दन शर्मा सहभागी थिए।

कांग्रेसको तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रमुख सचेतक बालकृष्ण खाँड, नेता मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए । यस्तै, जसपा नेता बाबुराम भट्टराई र राजेन्द्र महतो बैठकमा सहभागी थिए।

More News last news
Loading...