ओलीबिनै बालुवाटारमा नेकपा स्थायी समिति बैठक सुरु

काठमाडौँ। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली विनै बालुवाटारमा नेकपा स्थायी समिति बैठक सुरु
भएको छ।

प्रधानमनत्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा ओली भने सहभागी नभएको नेताहरुले बताएका छन्। बैठकमा कार्यकारी अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु मात्रै सहभागी छन्।

Advertisement

आज प्रधानमन्त्री ओलीले सिफारिस गरेको संसद विघटनको प्रस्तावलाई राष्ट्रपति विद्या भण्डारीले स्वीकृति गरिसकेकी छिन्। ४५ सदस्यी नेकपा स्थायी समितिमा ओली पक्षका १३ नेता मात्रै छन् ।

More News last news
Loading...