काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आकस्मिक पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बोलाएको छ।
आइतबार दिउँसो १ बजे सभापति शेरबहादुर देउवाको निवासमा बैठक बोलाइएको एक नेताले जानकारी दिए।
आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनको सिफारिस गर्ने निर्णय गरेको थियो।
प्रधानमन्त्रीको उक्त निर्णयबारे रणनीति बनाउन बैठक बोलाइएको उनको भनाइ छ। काँग्रेस त्यसको संस्थागत रुपमा प्रतिवादको नीति लिन बैठक बोलाइएको बुझिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
