प्रधानमन्त्री ओलीको सिफारिसलाई सर्वोच्चले उल्ट्याउँछः उपेन्द्र यादव

काठमाडौँ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान विपरित प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संसद विघटनको रिफारिस गरेको टिप्पणी गरेका छन् ।

संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नदिए पनि प्रधानमन्त्री ओलीले जवर्जस्ती गरेको उनले बताए।

Advertisement

यसरी संविधानविपरित कार्य गर्यो भने लोकतन्त्र नै खतरमा पर्न सक्ने बताउँदै उनले प्रधानमन्त्री ओलीको यो कार्यलाई निरकुंशताको संज्ञा दिए।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनलाई सदर गरेपनि यसलाई सर्वोच्चले उल्टाई दिने बताउँदै उनले प्रधानमन्त्री ओलीले चालेको कदम लोकतन्त्रको हितविपरित रहेको प्रतिकृया दिए।

हुँदै नभएको अधिकार प्रयोग गर्नु भनेको निरकुंशता भएको र यस्तो काम पहिला राजा महराजाले गर्ने गरेको बताउँदै उनले यी कुराको मूल्याकंन जनताले गरिरहेको बताए।

More News last news
Loading...