अनुष्का शर्मा र उनको गर्भको बच्चामाथि लाग्यो टिम इन्डियाको हारको आरोप

काठमाडौँ । विराट कोहली र टिम इन्डियाको खराब प्रस्तुतीका लागि अनुष्का शर्मालाई दोष दिनु भारतमा समान्यजस्तै बनेको छ।

शनिबार बिहान भएको भारत र अष्ट्रेलियाबीचको खेलपछि अनुष्का शर्मा र उनको गर्भको बच्चालाई समेत ट्वीटर प्रयोगकर्ताले निशानामा पारेका छन्।

Advertisement

प्रयोगकर्ताले विराट कोहलीलाई मात्रै ट्रोल गरेनन्, उनीहरुले हारका लागि अनुष्का शर्मा र उनीहरुका बच्चामाथि दोष लगाए।

प्रयोगकर्ताले अनुष्का र उनीहरुको जन्मिन लागेको सन्तानका कारण विराट आफ्नो खेलमा ध्यान दिन नसकेको आरोप लगाए।

यति मात्रै होइन, गर्भवती अनुष्कालाई विभिन्न कारण देखाएर भारतको हारका लागि दोषी देखाइएको छ। साथै विराट र उनको सम्बन्धको सम्बन्धलाई ठट्टा पनि बनाइरहेका छन्।

यस्तोमा नायिकाका थुप्रै प्रशंसक अनुष्का र विराटलाई समर्थन गरिरहेका छन्।

More News last news
Loading...