काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५३ हजार १८४ जना पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा ११७५ जना संक्रमित निको भएका छन् भने १२ जनाको मृत्यु भएको छ। यो सँगै निको हुनेको संख्या २ लाख ४२ हजार ५६७ जना पुगेको छ भने मृतकको संख्या १७७७ पुगेको छ।
अब देशभर ८ हजार ८४० जना सक्रिय संक्रमित रहेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
