नेपालमा थप ७८२ जनामा कोरोना संक्रमण पुष्टि, १६ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ७८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १०२९ जना संक्रमणमुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको छ।

Advertisement

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ भने निको हुनेको संख्या २ लाख ४१ हजार ३९२ जना पुगेको छ।

यस्तै मृतकको संख्या १७६५ पुगेको मन्त्रालयले जनाएको छ। यससँगै देशभर हाल ९ हजार ३१७ जना सक्रिय संक्रमित रहेका छन्।

More News last news
Loading...