काँग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्दै

काठमाडौँ । प्रमूख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दल कार्यसमितिको बैठक शुक्रबार (आज) बस्दै छ ।

शुक्रबार बिहान साढे १० बजे संघीय संसद् भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक बोलाइएको सांसद् मिनेन्द्र रिजालले जानकारी दिए।

Advertisement

उनका अनुसार बैठकमा संसद् अधिवेशन लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।

सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बुधबार बसेको वर्तमान र पूर्वपदाधिकारीको बैठकले संघीय संसद्को अधिवेशन अविलम्ब बोलाउन माग गरेको थियो।

संसद् बोलाउने संवैधानिक समयसीमा १५ दिन बाँकी छँदासमेत सरकारले विलम्ब गरिरहेको प्रति काँग्रेसले विरोध जनाएको छ।

More News last news
Loading...