आजबाट हट्यो जोरबिजोर प्रणाली, गुड्न थाले सबै सवारी

काठमाडौँ । काठमाडौँ उपत्यकामा साउन २१ देखि लगाइएको जोरबिजोर हटेसँगै सबैखाले सवारीसाधन गुड्न थालेका छन्। जोरबिजोर हटेसँगै सवारीसाधनमा यात्रुको चाप घटेको छ भने उपत्यकाका सडकमा सवारीको चाप बढेको छ।

जोरबिजोर लागू हुँदासमेत सवारी साधनको चाप बढेको काठमाडौँ उपत्यकामा फेरि जामको समस्या पूर्ववत अवस्थामै पुगेको छ। कार्यालय समय र छुट्टीको समयमा उपत्यकामा धेरै जाम हुँदै आएको छ।

Advertisement

यद्यपि जोरबिजोर लागू हुँदा सीमित सवारीसाधनमा हुँदै आएको यात्रुको चाप घट्ने अपेक्षा गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।

अब यात्रु तथा सवारीसाधन सञ्चालकले स्वास्थ्य मापदण्डको पालना गरे नगरेको अनुगमन तीब्र पारिने प्रजिअ पराजुलीले बताए। बिहीबार स्थानीय प्रशासन र यातायात व्यवसायीबीच ५ महिनादेखि लाग्दै आएको जोरबिजोर प्रणाली अन्त्य गर्ने सहमति भएको थियो।

जोरबिजोर प्रणालीको अन्त्य गर्नुपर्ने माग गर्दै आएका यातायात व्यवसायी र मजदूरहरुले जोरबिजोर प्रणालीको अवज्ञा गर्ने चेतावनी दिएसँगै प्रशासन आफ्नो पूर्ववत निर्णयबाट पछि हटेको थियो।

More News last news
Loading...