काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा देव वाटमोर नियुक्त भएका छन्।
बिहीबार नेपाल क्रिकेट संघ क्यानले मुख्य प्रशिक्षक नियुक्त गरेको हो। वाटमोर अहिले सिंगापुर क्रिकेटको मुख्य प्रशिक्षकको जिम्मेवारीमा थिए। त्यहाँबाट उनी नेपाल आउने भएका हुन्।
क्यानले वाटमोरको नियुक्ति कति समय भन्ने भने खुलाएको छैन।
यस्तै, क्यानले जनरल म्यानेजरमा रौनक मल्ललाई नियुक्त गरेको छ।
रमेशकुमार न्यौपाने चिफ फाइनान्स अफिसरमा नियुक्त भएका छन् भने राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान विनोद दासलाई क्रिकेट व्यवस्थापकमा नियुक्त गरिएको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
