साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्दै, अध्यादेशबारे छलफल हुने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

बैठक साँझ ६ बजे बस्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए।

Advertisement

प्रधानमन्त्रीको सरकारी निवास बालुवारमा बस्ने बैठकमा मन्त्रालयगत एजेन्डाका विषयमा छलफल हुने गुरुङले बताए।

सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश विवादमा परेपछि आजको बैठकमा सोही विषयमा छलफल हुनसक्ने बताइएको छ।

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टीमा छलफल नै नगरी अध्यादेश ल्याएको भन्दै पार्टीभित्रै असन्तुष्टि बढेको थियो।

More News last news
Loading...