९ महिनापछि आजबाट नेपाल–भारतबीच नियमित हवाई उडान सुरु

काठमाडौँ । कोरोना भाइरसको महामारीवसँगै बन्द भएको नेपाल-भारत हवाई उडान ९ महिनामा आजबाट सुरु भएको छ।

कोभिड १९ का कारण बन्द रहेको हवाई उडान एयर बबल ट्राभल सम्झौताका आधारमा खोल्न दुवै देश सहमत भएपछि आज नेपाल एयरलाइन्सले दिल्लीका लागि पहिलो उडान गर्दैछ।

Advertisement

यात्राका लागि कुनै रोकटोक छैन तर पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ भने यात्रु संख्यामा कुनै सीमा नतोकिएको स्रोतले जनाएको छ।

नेपालले डेढ साता अघि पठाएको सम्झौताको भारतले बिहीबार जवाफ पठाउँदै पुस २ गतेदेखि उडान थाल्ने जानकारी दिएको थियो।

More News last news
Loading...