८३ सांसद्को हस्ताक्षर बोकेर शितल निवास पुगेका रावल र भुसाल फर्किए

काठमाडौँ । संसद्को विशेष अधिवेशन मागको निवेदन लिएर राष्ट्रपति कार्यालय पुगेका नेकपा सांसद निवेदन दर्ता नगरी फर्किएका छन्।

विशेष अधिवेशन माग गर्ने निवेदन बोकेर बुधबार दिउँसो पौने एक बजे राष्ट्रपति कार्यालय पुगेका नेकपा सांसद भिम रावल र पम्फा भुसाल पार्टी बैठकको औपचारिक निर्णय आएपछि निबेदन दर्ता नगरी फर्किएका हुन्।

Advertisement

संसद बोलाउन माग गर्दै नेकपाका ८३ जना सांसद्को हस्ताक्षर लिएर दिउँसो शीतल निवास पुगेका उनीहरु स्थायी कमिटीले अध्यादेश फिर्ताको निर्णय गरेपछि साँझ ६ बजे निवेदन दर्ता नगरी फर्किएका हुन।

‘हामी मध्यान्ह नै राष्ट्रपति कार्यालयमा हस्ताक्षरसहितको निवेदन लिएर पुगेका थियौं। तर त्यहाँ सचिव हरि पौडेलसँग निवेदन लिएर दर्ता नम्बर दिनुस् भन्दा मान्‍नु भएन।

उनले राष्ट्रपतिसँग सोधेर खबर गर्छु भन्‍नु भएको थियो तर त्यति भनेर गएपछि फोन पनि बन्द गरेर हराउनु भयो। निवेदन दर्ता हुने आशमा हामीले दिनभर शीतल निवासमै बितायौं,’ नेता रावलले भने।

More News last news
Loading...