कान्तिपुर डेन्टल कलेज १४ औं बर्षमा प्रवेश

काठमाडौं । कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर १३ औं बर्ष पुरा गरेर १४ बर्षमा प्रवेश गरेको छ । दन्त स्वास्थ्य शिक्षा क्षेत्रको अग्रणी संस्थाका रुपमा परिचित यस कलेजले उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

कलेजले आफ्नो १३ औं बार्षिकोत्सवको अवसरमा एक कार्यक्रमको आयोजना समेत गरेको छ । कार्यक्रममा कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले ठूलो संघर्ष र सबैको साथ र सहयोगबाट संस्थाले सफलता हात पारेको भन्दै सबैलाई धन्यवाद दिए । स्थापनाकालदेखि नै ठुलो संघर्ष र मेहनतबाट संस्था यहाँसम्म आईपुगेको भन्दै संस्था यहाँसम्म आउनुमा अभिभावक, शिक्षक, कर्मचारी लगायत सबैको उत्तिकै साथ रहेको प्रष्ट पारे ।

Advertisement

बिशेषत जनताको दन्त स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले यस रिसर्च सेन्टरले देशमा ५५ भन्दा वढी जिल्लामा मुख तथा दन्त स्वास्थ्य शिविर समेत सम्पन्न गरिसकेको श्रेष्ठले जानकारी दिए । स्थापना कालदेखिनै यस अस्पतालले एक लाख भन्दा वढी दन्त स्वास्थ्य बिरामीहरुमा सेवा पुर्‍याउनुका साथै ब्याचलर इन डेन्टल सर्जरी तर्फ २८८ जना र १६ जना माष्टर इन डेन्टल सर्जरी तर्फ बिशेषज्ञहरु उत्पादन गरिसकेको उनले बताए ।

कान्तिपुर डेन्टल कलेजबाट पढाई सकेर विश्वका बिकसित मुलुकहरुमा समेत आफ्ना विद्यार्थीहरु पुगेको भन्दै कलेजको नाम नेपालमा मात्र नभई विश्वमा पनि चिनिएको भन्दै अध्यक्ष श्रेष्ठले खुसी समेत व्यक्त गरे । यस्तै प्राविधिक व्यबसायिक तालिम परिषद्को सम्बन्धनमा २०६९ सालदेखि सञ्चालित सर्टिफिकेट इन डेन्टल साइन्स तर्फ १०८ जना र डिप्लोमा इन फार्मेसी तर्फ १३५ जना प्राविधिकहरु उत्पादन गरिसकेको छ ।

हाल अस्पतालले कोभिड-१९ को संक्रमणको महामारीलाई मध्यनजर गर्दै अस्पतालभित्रै पीसीआर परीक्षण प्रयोगशाला, भेन्टिलेर, आइसियू र आइसोलेसनको समेत व्यबस्था गरिसकेको छ ।

More News last news
Loading...