काठमाडौँ । नेकपाको केन्द्रीय समिति बैठक पुस १० का लागि सारिएको छ।
बुधबारको स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठक ५ दिन पछि सार्ने निर्णय गरेको हो। त्यसअघि स्थायी कमिटीको अर्को बैठक यही पुस ५ गते बस्नेछ।
यस्तै, सरकारले मंगलबार ल्याएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश पनि फिर्ता लिने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।
पार्टीका एक नम्बर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली एजेण्डामा असहमति जनाउँदै बैठकमा सहभागी नभएपछि बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक तीन घन्टा ढिलो गरी सुरु भएको थियो।
बैठकअघि दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल’प्रचण्ड’ बीच भएको भेटवार्तामा भदौ २६ को स्थायी कमिटी बैठकको निर्णय बमोजिम अघि बढ्ने, मंगलबार सरकारले ल्याएको अध्यादेश फिर्ता लिने तथा विशेष अधिवेशनको अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको आवेदन प्रक्रिया अगाडि नबढाउने जस्ता समझदारी भएपछि बैठक बसेको ओली निकट स्रोतको दाबी छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
