पछिल्लो २४ घण्टामा थप ७३६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५ सय ५५ जनाको परीक्षण गर्दा ७३६ जनामा संक्रमण पुष्टि भएको हो। योसहित नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५० हजार ९१६ पुगेको छ।

Advertisement

मन्त्रालयका अनुसार हाल नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ९ हजार ७ सय ५७ रहेको छ भने पछिल्लो २४ घण्टामा संक्रमणबाट १३ जनाको मृत्यु भएको छ।

योसहित नेपालमा मृत्यु हुनेको संख्या १७४३ पुगेको छ। त्यस्तै २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ८४७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३८ हजार ५६९ रहेको मन्त्रालयले जनाएको छ।

More News last news
Loading...