प्रधानमन्त्रीसहित ३ जना भए संवैधानिक परिषद्को बैठक बस्न मिल्ने

यस्तो छ अध्यादेश

काठमाडौँ । सरकारले संवैधानिक परिषद्को बैठक प्रधानमन्त्रीसहित ३ जनाको उपस्थितिमा गर्न सक्ने गरी अध्यादेश जारी गरेको छ।

संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) अध्यादेश २०७७ जारी गरी संवैधानिक परिषदसम्बन्धी ऐनको दफा ६ को उपदफा ३ संशोधन गरी सरकारले अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा परिषद्को बैठकको लागि गणपूरक संख्या पुगेको मानिने व्यवस्था गरेको हो।

Advertisement

संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष र सदस्यहरुमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश र उपभामुख सदस्य रहनेछन्। तर हाल उपसभामुख पद रिक्त छ। अब प्रधानमन्त्री र परिषद्का अन्य दुई जना सदस्य उपस्थित भएमा परिषद्को बैठक बस्न सक्नेछ।

मंगलबार सभामुख अग्निप्रसाद सापकोटाको अनुपस्थितिका कारण परिषद बैठक स्थगित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाएका थिए ।

यस्तो छ अध्यादेश

More News last news
Loading...