भुक्तानी नदिने चार चिनी मिल सञ्चालकलाई पक्राउ गर्न गृहको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले उखु किसानको बक्यौता रकम भुक्तानी नगर्ने चार चिनी मिलका सञ्चालकलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार मंगलबार गृहमा भएको छलफलपछि भुक्तानी नगर्ने मिल सञ्चालकलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिइएको बताए।

Advertisement

प्रवक्ता बुढाका अनुसार इन्दिरा सुगर मिल नवलपरासी, लुम्बिनी सुगरमिल नवलपरासी, अन्नपूर्ण सुगरमिल सर्लाही र श्रीराम सुगरमिल रौतहटका सञ्चालकलाई पक्राउ गर्न निर्देशन दिइएको हो।

सुगर मिल सञ्चालकहरुले आफ्नो बक्यौता रकम नदिएको विरोधमा उखु किसानहरु अहिले राजधानीमा आन्दोलनमा छन्।

More News last news
Loading...