काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले ओली सरकारको निरंकुशता र कुशासनविरुद्ध सडकमा उत्रेको काँग्रेसलाई बधाई दिएका छन्।
सामाजिक सञ्जाल ट्विटरमार्फत डा भट्टराईले आफ्नो पार्टीपनि छिट्टै समायोजनको काम सकेर सरकार विरुद्ध सडक र सदनमा गर्जने उनले जानकारी दिए।
उनले लेखेका छन्,”ओली सरकारको निरंकुशतारकुशासन विरूद्ध सडकमा उत्रेको कांग्रेसलाई बधाइ ! भनिन्छ, ‘लोकतन्त्रमा राजनीतिका तीन प्रमुख कार्यक्षेत्रमध्ये सरकारमा सत्तापक्षको र सदन तथा सडकमा विपक्षको अधिकाररकर्तव्य हुन्छ। अब सदन बोलाउन पहल गरौं।जसपा पनि छिटै पार्टी एकता समायोजनको काम सकेर सडकंसदनमा गर्जन्छ।’
ओली सरकारको निरंकुशता/कुशासन विरूद्ध सडकमा उत्रेको कांग्रेसलाई बधाइ! भनिन्छ लोकतन्त्रमा राजनीतिका तीन प्रमुख कार्यक्षेत्रमध्ये सरकारमा सत्तापक्षको र सदन तथा सडकमा विपक्षको अधिकार/कर्तव्य हुन्छ। अब सदन बोलाउन पहल गरौं।जसपा पनि छिटै पार्टी एकता समायोजनको काम सकेर सडक+सदनमा गर्जन्छ!
— Baburam Bhattarai (@brb1954) December 14, 2020
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
