नेपालमा थप ८ सय २१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ८ सय २१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महिला ३१७ र पुरुष ५०४ जनासहित थप ८ सय २१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो।

Advertisement

त्यस्तै पछिल्लो २४ घण्टामा ८४२ जना निको हुनुका साथै १८ जनाको मृत्यु समेत भएको छ।

मन्त्रालयका अनुसार यससँगै देशभर संक्रमितको कुल संख्या २ लाख ४९ हजार २४४ र निको हुनेको संख्या २ लाख ३६ हजार ५७३ जना पुगेको छ ।

त्यस्तै हाल देशभर १० हजार ९५५ जना सक्रिय संक्रमित रहेका छन् भने निको हुने दर ९४.९ प्रतिशत रहेको छ।

पछिल्लो २४ घण्टामा ५ हजार ४२३ जनाको पीसीआर परीक्षण भएको छ। पछिल्लो समय परीक्षण दर घट्दै गएपछि संक्रमित पनि घट्दै गएको पाइएको छ।

More News last news
Loading...