काठमाडौँ । चन्द्रागिरीमा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
चन्द्रागिरी नगरपालिका–२ स्थित मसिने भीरमा ना२क ३२३ नम्बरको मिनिट्रक सडकबाट ८०० मिटर तल खसेको हो।
दुर्घटनामा तामाङ मरिण कन्ट्रक्सनका एकाउन्टेन अन्दाजी २३/२४ वर्षका सिन्धुली घर भएका मनिष कार्की र ट्रक चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। चालकको पहिचान खुलेको छैन। उनीहरुले सडकसम्बन्धी काम गर्ने गर्थे ।
प्रहरी अहिले घटनास्थलमा पुगेको छ। तर ट्रक र मृतकहरुको शव सडकबाट नदेखिएको प्रहरीले जनाएको छ। भीरमा कोही पनि जानसक्ने अवस्था रहेका कारण डोरी मगाएर उनीहरुको शव निकाल्ने तयारी भइरहेको छ प्रहरीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
