रोनाल्डोको नाममा अर्को कीर्तिमान

काठमाडौँ । क्रिस्टियानो रोनाल्डो २१ औँ शताब्दीमा यूरोपको शीर्ष पाँच लिगमा ४ सय खेल जित्ने पहिलो खेलाडी बनेका छन्।

आइतबार युभेन्टसले जेनोआलाई ३–१ गोलले हराएसँगै रोनाल्डोले यो कीर्तिमान बनाउन सफल भएका हुन्।

Advertisement

युभेन्टसको जीतमा ३५ वर्षीय खेलाडीले महत्त्वपूर्ण भूमिका खेलेका थिए। पेनाल्टीबाट दुई गोल गर्दै रोनाल्डोले युभेन्टसको जीत सुनिश्च्ति गरेका थिए।

यसअघि पाउलो डिबालाले युभेन्टसलाई अग्रता दिलाए पनि स्टेफानो स्टुरारोले बराबरी गोल फर्काएका थिए।

यसअघि, प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेड र स्पेनिस ला लिगामा रियल म्याड्रिडसँग बिताएका उनी सन् २०१८ मा इटाली आइपुगेका हुन्।

रोनाल्डोभन्दा पछि लियोनेल मेस्सीले ३६५ खेल जितेका छन् भने रोनाल्डोका समकक्षी लियान लुइजी बुफोनले ३५० खेल जितेका छन् ।

More News last news
Loading...