काठमाडौँ । प्रमूख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारको मनोमानीविरुद्ध आज (सोमबार) देशव्यापी प्रदर्शन गर्दै छ ।
काँग्रेसले देशका मुख्य–मुख्य शहरमा सम्बोधनको लागि नेताहरू नामावली पनि सार्वजनिक गरिसकेको छ।
यो सरकार आएपछि भ्रष्टाचार बढेको, कोरोना रोकथाममा निरीह भएको, तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दमन गरेको लगायत विषयमा केन्द्रित रहेर कांग्रेसले देशव्यापी प्रदर्शन गर्न लागेको हो।
२९ गते सभापति शेरबहादुर देउवाले हेटौँडामा हुने प्रदर्शनलाई सम्बोधन गर्नेछन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौँको प्रदर्शनको नेतृत्व गर्दै छन्।
यस्तै, महामन्त्री शशाङ्क कोइराला विराटनगर, उपसभापति विमलेन्द्र निधि भक्तपुर, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला महोत्तरी, प्रकाशमान सिंह धनुषा, सीतादेवी यादव ललितपुर, प्रकाशशरण महत झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठ काभ्रे, चित्रलेखा यादव सप्तरी र रामशरण महतले चितवनबाट सम्बोधन गर्दैछन् ।
यस्तै, अर्जुननरसिंह केसी पोखरा, एनपी साउद अछाम, गगन थापा कैलाली र प्रदीप पौडेल कञ्चनपुरमा हुने प्रदर्शनमा सहभागी हुने नेपाली काँग्रेसले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
